कमला नदीको जलसहत सतर्कता तह पार

काठमाडौं । अविरल वर्षापछि कमला नदीको जलसहत सतर्कता तह पार गरेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार उदयपुरको बेलसोत केन्द्रमा बाढीले सतर्कता तह पार गरेको हो । यसअघि सिन्धुली रानीबासस्थित बाढी मापन केन्द्रमा पनि कमला नदीको जलसतहले सतर्कता तह पार गरेको थियो । नदीमा पानीको बहाब अझै बढ्दो रहेको महाशाखाले जनाएको छ । तटीय क्षेत्र तथा डुबान भइरहने भूभागहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया