घरभित्र कोठामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर लेखकको मृत्यु
बैतडी । बैतडीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दशरथचन्द नगरपालिका– ५ पल्लाचौडालीका ४४ वर्षीय नवराज लेखक रहेका बैतडीका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घरभित्र कोठामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका लेखकको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया