ढुसी परेको कोक बेच्ने कालिञ्चोक ट्रेडिङ नेपाललाई डेढ लाख जरिवाना

काठमाडौं । बेला-बेला नेपाली बजारमा उपलब्ध पेय पदार्थहरुमा विभिन्न खालका अखाद्य वस्तुहरु भेटिने गरेका छन् । यसरी अखाद्य वस्तुहरु भेटिँदासमेत कारवाही भएका घटना भने ज्यादै न्यून रहेको देखिन्छ । यस्तै पछिल्लो समय काठमाडौं महानगरपालिकाले कोकाकोला बिक्रेता कालिञ्चोक ट्रेडिङ नेपाललाई १ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

भृकुटी मण्डपमा शुक्रबार १ थान सिसाको बोतलमा ढुसी लागेको कोकाकोला भेटेपछि महानगरले उत्पादन कम्पनीसँग छलफल गर्दा उसले ढुवानी गर्दा यस्तो समस्या देखिएको बताएको थियो । ‘कोकाकोलामा चिनी, पानी र कार्बनडाइअक्साइड हुन्छ, हामीले निरीक्षण गर्दा भेटिएको कोकमा कार्बनडाइअक्साइ उडिसकेकोले ढुसी लागेको महानगरका निरीक्षण अधिकृत डा..अवधेश झा बताउँछन् । उनल भने, “लिकेज भएकोले ढुसी परेको हो ।” उत्पादन गर्दा भन्दा पनि वितरकको लापरबाहीले गर्दा अखाद्य भएकाले नियमानुसार डेढ लाख रुपैयाँ जरिवाना र चेतावनी दिइएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर