नापोली रोकियो, इन्टर पराजित

काठमाडौं । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको नापोली बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा नापोलीले भेरोनासँग गोलरहित बराबरी खेलेको हो ।

यस बराबरीसँगै नापोलीले ३० खेलमा ७५ अंक जोडेको छ । नापोली शीर्ष स्थानमै रहेको छ ।

भेरोना २३ अंक जोडेर १८ औं स्थानमा रहेको छ । अर्को खेलमा इन्टर मिलानलाई मोन्जाले १-० ले हराएको छ ।

मोन्जाको जितमा लुकाले निर्णायक गोल गरे । इन्टर ५१ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

मोन्जा ३८ अंक जोडेर १२ औं स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर