सरकारप्रति नेता महन्थ ठाकुरको गुनासो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनको क्रममा मारिएका पार्टी नेता, कार्यकर्ताहरूलाई अझै शहीद घोषणा नगरेकोभन्दै असन्तुष्टि प्रकट गरेका छन् ।

पार्टी स्थापना दिवसको अवसरमा शनिबार पार्टी केन्द्रीय कार्यालय बहरमहलमा आयोजित एक कार्यक्रमपछि उनले सञ्चारकर्मीसँग मधेस आन्दोलनको क्रममा मारिएका पार्टीका नेता, कार्यकर्ताहरूलाई शहीद घोषणा समेत नगरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

ठाकुरले मधेस आन्दोलनको क्रममा जेल परेका र झुटा मुद्दा लगाइएकाहरूको मुद्दा फिर्ता लिने विगतमा गरिएको सम्झौता पनि तत्काल कार्यान्वयनमा ल्याउन सरकारलाई सचेत गराए । उनले सरकारले सो मुद्दा फिर्ता लिनेगरी कानुन निर्माणको काम अघि बढाएको जानकारी दिए पनि त्यसअनुसारको काम हुन नसकेको गुनासो समेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर