क्रिकेटर सन्दीपविरुद्ध जाहेरी दिने युवतीद्वारा आत्महत्याको प्रयास

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दाकी पीडित किशोरी ‘गौशाला २६’ ले आत्महत्याको प्रयास गरेकी छन् । उनको हाल थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उनले चिकित्सकले दिएकै औषधिको ओभर डोज सेवन गरिएको हुनसक्ने आशंका गरिएको छ । युवतीको अवस्था खतरामुक्त रहेको बताइन्छ । क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको भोलि आइतबार अन्तिम सुनुवाइको पेशी तोकिएको छ । (तस्बिरः प्रतीकात्मक, घटनासँग कुनै मेल खाँदैन)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर