फ्रान्सका केही भू–भागमा अत्यधिक गर्मी

काठमाडौ । फ्रान्सका केही भू–भागमा अत्यधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । युरोपमा केही समय यता अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको हो ।

गर्मी बढेसँगै स्वास्थ्य सुरक्षामा सतर्कता अपनाउन चेतावनी दिइएको छ । फ्रान्सका केही भू–भागमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ । गर्मीले हुनसक्ने क्षतिलाई रोक्न १९ वटा फ्रान्सेली विभागहरु रेड अलर्टमा रहेका छन् । गर्मी उच्चस्तरमा पुग्ने भएसँगै होशियार रहन आग्रह गरिएको छ ।

स्वास्थ्य अधिकारीहरुले स्वास्थ्य सुरक्षाको लागि विभिन्न उपायहरु अपनाउन आग्रह गरेका छन् । बाहिर कुनै गतिविधि नगर्न, आगोबाट बच्न र डढेलो लाग्न नदिने कुरामा सतर्क रहन आग्रह गरेका छन् । राष्ट्रिय मौसम विज्ञान मेटियो फ्रान्सका अनुसार यो यसवर्षकै धेरै गर्मी हो । गत सोमबार फ्रान्समा १९४७ पछिकै सबैभन्दा धेरै गर्मी भएको थियो । ड्रोमको न्योन्समा ४२ दशमलव २ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर