धरानमा सुरक्षा व्यवस्था अत्यन्त कडा, इटहरीमा प्रदर्शन

काठमाडौं । सुनसरी स्थानीय जिल्ला प्रशासनले धरान उपनगरपालिकामा मा सुरक्षा व्यवस्था कडा पारिएको छ । हिन्दु धार्मिक अभियन्ताको प्रदर्शनमा सामाजिक सद्भाव भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले धरानमा शुक्रबार राति १२ बजेदेखि शनिबार राति निषेधाज्ञा गरेको छ ।

निषेधाज्ञा जारी भएकोले धरानमा शान्त छ भने, धरान प्रवेश गर्ने नाका तरहरामा कडाइ गरिएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । धरान प्रवेश गर्ने अत्यावश्यक सवारीसाधनलाई जाँच गरेर मात्रै पठाइएको छ ।

इटहरीमा प्रदर्शन

धरान उपमहानगरपालिकामा जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेसँगै हिन्दु धर्मावलम्बीहरूले इटहरीबाट तरहरातर्फ र्‍याली निकालेर प्रदर्शन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर