बेलिङहमको गोलमा रियलको जित

काठमाडौं । इङ्ल्याण्ड मिडफिल्डर जुड बेलिङघमको गोलमा रियल मड्रिडले स्पेनिस लिगमा जित निकालेको छ ।

शुक्रबार राति रियल मड्रिडले सेल्टा भिगोमाथि १–० को जित निकालेको हो ।

खेलको ८१ औं मिनेटमा बेलिङघमको गोल रियललाई जित दिलाउन पर्याप्त बन्यो । नयाँ सिजन रियलले सतप्रतिशत जितको नतिजालाई कायम गरेको छ ।

बेलिङघमले रियलका लागि तेस्रो खेलमा चार गोल पुरा गरे ।

सेल्टाले सुरुआतमै खेलमा अग्रता बनाएको थियो । तर भारबाट जोर्डनको गोलले मान्यता पाएन । गोलकिपर इभान भिलरले दोस्रो हाफमा रोड्रिगोको पेनाल्टी रोकेपछि रियलले गोलको अवसर गुमाएको थियो ।

खेलको सुरुआतमा फरवार्ड भिनिसियस जुनियरले चोट बोकेपछि रियललाई खेलमा धक्का लागेको थियो । खेलको १८ औं मिनेटमा ह्यामस्ट्रिङ बल्झिएपछि उनले मैदान छाडेका थिए ।

रियल ३ खेलमा ९ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । सेल्टा भिगो १ अंक सहित तालिकाको १६ औं स्थानमा छ ।
एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर