शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं। अमेरिकी डलरको भाउ आज थोरै बढेको छ। नेपाल राष्ट्र बैंकद्वारा जारी विदेशी मुद्राको विनिमय दरअनुसार शनिबार १ अमेरिकी डलरको खरिद दर १३१.९४ रुपैयाँ रहेको छ।

आज शनिबार १ अमेरिकी डलरको बिक्री दर १३२.५४ रुपैयाँ रहेको छ। शुक्रबार १ अमेरिकी डदरको खरिद दर १३१.८२ रुपैयाँ र बिक्री दर १३२.४२ रुपैयाँ थियो।

युरोको भाउ शनिबार घटेको छ। शुक्रबार १ युरोको खरिद दर १४३.०९ रुपैयाँ र बिक्री दर १४३.७४ रुपैयाँ रहेकोमा आज १ युरोको खरिद दर १४२.३८ रुपैयाँ र बिक्री दर १४३.०२ रुपैयाँ तय भएको छ। बेलायती पाउन्ड स्टर्लिङको भाउ पनि आज घटेको छ। १ पाउन्ड स्टर्लिङको आज खरिद दर १६६.०६ रुपैयाँ तय हुँदा बिक्री दर १६६.८१ रुपैयाँ रहेको छ। हिजो १ पाउन्ड स्टर्लिङको खरिद दर १६७.२४ रुपैयाँ र बिक्री दर १६८ रुपैयाँ थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर