अमेरिकी सिनेटर होलेन नेपाल आउँदै

काठमाडौं । अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेन नेपालको भ्रमणमा आउने भएका छन् । उनी सेप्टेम्वरको पहिलो साता काठमाडौँ पुग्ने कार्यतालिका रहेको जनाइएको छ ।

सिनेटर भ्यान होलेनको अफिसले दिएको जानकारीअनुसार नेपाल भ्रमणको क्रममा उनले सरकारी अधिकारी, युवा नेता, सांसद, नागरिक समाजका प्रतिनिधि, गैरनाफामूलक संस्थाका प्रतिनिधि र व्यवसायीलगायतसँग भेट गर्नेछन् । उनले अमेरिकी सहयोगमा सञ्चालित प्रोजेक्ट र स्थानीय सांस्कृतिक महत्त्वका क्षेत्रमा भ्रमण गर्नेछन् ।
सिनेटर क्रिसको अफिसले दिएको जानकारीअनुसार उनको यो भ्रमणले दक्षिण एसियाली देश र अमेरिकाबीच मजबूत र अर्थपूर्ण साझेदारी हुनेछ । भ्रमणको क्रममा सिनेटर क्रिसले बृहत्तम विषयमा र सामूहिक सुरक्षाको चासोको विषयमा समेत छलफल गर्ने अपेक्षा गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर