धरानमा साम्प्रदायिक सदभाव कायम राख्न १३ राजनीतिक दलहरूको अपिल

काठमाडौैं । धरानमा क्रियाशील १३ वटा राजनीतिक दलले भोलि शनिबार हुने कार्यक्रम स्थगित गरेर धार्मिक र साम्प्रदायिक सदभाव कायम राख्न आग्रह गरेका छन् ।

धरानमा आज शुक्रबार बसेको सर्वदलीय बैठकले साझा विज्ञप्ति जारी गरेर सदभाव बिथोल्ने कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेका छन् । उनीहरूले सामाजिक सञ्जालबाट पनि सामाजिक सद्भाव खलबलिने कुनै सामग्री सेयर नगर्न अनुरोध गरेका छन् ।

दलहरूले संयुक्त विज्ञप्तिमा सबै जाति, धर्म, समुदायले एकआपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गर्दै सामाजिक द्वेष तथा आस्थामा ठेस पुर्‍याउने गतिविधि नगर्न अनुरोध गरेका छन् । भोलिको कार्यक्रम स्थगित गर्न र सबै विषयको वार्तामार्फत समाधान खोज्न दलहरूको आग्रह छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, विवेकशील साझा पार्टीलगायतका नेताले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर