अध्यक्षमा पारस खड्काको उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले प्रादेशिक क्रिकेट संघ बागमती प्रदेशको अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।

खड्काले शुक्रबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा  चुनावमा उठ्ने प्यानलको घोषणा गरेका हुन् । आउँदो भाद्र १५ गते हुने बागमती प्रदेशको दोस्रो अधिवेशनमा अध्यक्षका लागि पारस खड्का, उपाध्यक्षमा मकवानपुर जिल्ला, सचिवमा ललितपुर र कोषाध्यक्षमा भक्तपुर जिल्ला रहने र ९ सदस्य पदमा आपसी समझदारीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

आफ्नो उम्मेदवारी घोषणा गर्दै खड्काले भने, ‘अहिले चुनावका लागि चाहिने १९ मध्ये २२, २३ बहुमत भोट रहेकाले चुनाव जित्नेमा ढुक्क छु, मैले सन्यास खेलाडीको रूपमा लिएको थिए । मैले त्यति बेला नै भनेको थिए म कुनै भूमिकामा आउनेछु, ‘नेपाली क्रिकेटलाई अघि लैजान सबै जिल्लालाई मिलेर अघि बढ्न आग्रह गर्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर