“संघीय गणतान्त्रिक शासन व्यवस्थाको अन्त्य हुनुपर्छ”

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई संकटबाट जोगाउन संघीय गणतान्त्रिक शासन व्यवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।

पार्टीद्वारा काठमाडौंमा शुक्रबारआयोजित एक कार्यक्रममा थापाले आफ्नो पार्टीले संघीय गणतन्त्रको अन्त्य र राजसंस्थासहितको प्रजातन्त्र पुनःस्थापनाको कार्यनीति लिएको घोषणा गर्दै त्यसको प्राप्तिका लागि आन्दोलनमा जाने चेतावनीसमेत दिए ।

उनले भने, ‘म विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु–देशको यो संकटबाट मुक्तिको निमित्त सबैभन्दा पहिले संघीय गणतन्त्रको नाउमा खडा भएको भ्रष्ट व्यवस्थाको अन्त्य हुनुपर्दछ । यो भ्रष्ट व्यवस्थाको अन्त्य आवश्यक छ । यसको विकल्पमा राप्रपा नेपालले जनसम्प्रभुता अर्थात जनतामा निहीत सार्वभौमसत्ता, राजासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, समानुपातिक र समावेशी व्यवस्था र सुशासन सहितको नेपाली संस्करणको मौलिक प्रजातन्त्र विकल्पको रुपमा प्रश्तुत गरेका छौं । यो विकल्पको बारेमा बहस गरौं । आवश्यक पर्छ भने यसबारेमा छलफल गर्नका निमित्त सर्वपक्षीय सम्मेलनको आयोजना होस् । जुन सम्मेलनमा राजादेखि विप्लव माओवादीसम्मका प्रतिनिधिहरुको सहभागिता होस् । देशका सबै प्रमुख राजनीतिक शक्तिहरुको सहभागिता होस् ।”

अध्यक्ष थापाले विगतमा निर्मल निवासले हस्तक्षेप गरेकाले मात्रै आफूहरुले राजसंस्थासहितको प्रजातन्त्रको कार्यनीतिलाई छोडनु परेको समेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर