धरानमा आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा जारी

काठमाडौैं ।  सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभित्र शनिबारका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार निषेधाज्ञा जारी गर्दै सूचना जारी गरेकी हुन् ।

आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो । ढकालले धरान प्रवेश तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको उनले बताए । ती स्थानबाट प्रदर्शनमा आउने धरान प्रवेश गर्न दिएको छैन ।

ढकाल भन्छन्, ‘हामीले सबै पक्षसँग छलफल गरेका छौँ, धरानको आग्रह बाहिरबाट प्रदर्शनमा नआओस् भन्नेछ, उच्च सुरक्षा सतर्कता अपनाएका छौँ ।’ चर्चाअनुसार धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका छन् । सो कारण साम्प्रदायिक सदभावमा असर पर्न सक्ने भएकाले प्रशासनले निषेधाज्ञा जारी गरेको बताइन्छ । ।

प्रशासनद्वारा जारी सूचनामा भने डेंगु संक्रमण बढिरहेको र जनस्वास्थ्य आपत्कालीन अवस्था क्षेत्र घोषणा गर्ने गरी सम्बन्धित निकायमा सिफारिस गरिएको स्थितिमा सभा, सम्मेलन गर्न निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर