आइफोन उपहारको चक्करमा नपर्न प्रहरीको सल्लाह

काठमाडौं । आइफोन उपहार पाउने झुटो आश्वासनको लालचमा फस्दा महिलाहरु झन्डै आधा करोड रकम ठगीमा परेका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार सुरुमा गिरोहले सामाजिक सञ्जाल टिकटक, फेसबुक, वाट्सएपलगायतमार्फत पीडितसँग सम्पर्क गरी विश्वास दिलाएर आइफोन उपहार परेको र त्यसका लागि ‘कस्टम क्लियरेन्स’ गर्न पैसा चाहिने भनेर रकम माग गरे।

उक्त जानकारीपछि आइफोन पाउने लोभमा महिलाले धमाधम उसले भनेको बैंक खातामा पैसा पठाए। झन्डै आधा करोड रकम जम्मा गरेपछि ती व्यक्ति सम्पर्कविहीन भए। त्यसपछि ठगिएको चाल पाएका पीडितले साइबर ब्यूरोमा दिएको जाहेरीका आधारमा खोजतलास र अनुसन्धान गर्दा पीडितबाट झन्डै आधा करोड रकम ठगी भएको फेला परेको ब्यूरोका प्रहरी उपनिर्देशक प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताए।

‘तपार्ईं लक्की हुनुभएको छ, तपाईंले लक्की ड्रमार्फत आइफोन जित्नुभएको छ। हामी आइफोन पठाउँदै छौं। कस्टम क्लियरेन्सका लागि हामीलाई पैसा पठाउनुपर्छ’, भनेर पीडित महिलालाई विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गरेको ब्यूरोमा जाहेरी परेको रायको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर