गौरा पर्वको दिन अब बिदा दिइने छ : प्रधानमन्त्री

काठमाडौं ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौरा पर्वलाई राष्ट्रियकरण गरिने बताएका छन्। काठमाडौंको टुँडिखेलमा बिहीबार आयोजित समारोहमा प्रचण्डले सुदूरपश्चिमका जनताको भावनालाई कदर गरेर जानुपर्छ भन्ने मान्यताका साथ गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गरेर जाने बताए।

यस विषयमा बुधबार बसेको मन्त्रिपरिषद बैठकमा पनि छलफल भएको उनले बताए।​गौरा पर्वका अवसरमा देशभर सार्वजनिक बिदाको निर्णय पनि गर्ने उनले घोषणा गरे। ‘डाक्टर भीम रावलले पहिला मैले बिदा दिएको थिएँ भन्नुभयो, म त्यो फाइल पनि हेर्छु’ प्रचण्डले भने, ‘तिथि किटान होस्, बिदाको घोषणा गरिने विश्वास पनि म दिलाउन चाहन्छु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर