राजसंस्था पुनःस्थापना महत्वपूर्ण एजेन्डा : थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले पार्टीको अबको मुख्य एजेन्डा राजसंस्थाको पुनःस्थापना भएको बताएका छन् ।

काठमाडौंमा बिहीबार सुरु भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा उनले राजसंस्था पुनः स्थापनाको एजेन्डा पार्टीले महत्वपूर्ण एजेन्डाको रुपमा अघि बढाउने बताए ।

उनले विगतमा पार्टीको एजेन्डा राजासंस्था नरहेको भएपनि देशको वर्तमान अवस्था र पार्टीका सहयोगी र शुभचिन्तक र आम कार्यकर्ताको भावनालाई समेट्दै राजसंस्थासहितको प्रजातन्त्र राप्रपा नेपालको मुख्य एजेन्डा हुने उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर