टीकापुर घटनामा ज्यान गुमाएका टेकको शालिक अनावरण

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टीकापुर घटनामा ज्यान गुमाएका टेक साउद (नाबालक) को शालिक अनावरण गरेका छन्। टीकापुर घटना भएको आठ वर्ष पुगेको दिनमा नाबालक साउदको शालिक अनावरण गरिएको हो।
टीकापुरमा बिहीबार आयोजित एक कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी, पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरी, टेकका बाजे जंग साउद, बुबा नेत्र साउद लगायत परिवारजनले संयुक्त रूपमा शालिक अनावरण गरेका हुन्। पूर्व सांसद चौधरीकै पहलमा शालिक निर्माण गरिएको हो। २०७२ भदौ ७ गते भएको टीकापुर घटनामा आठ जना सुरक्षाकर्मी र नाबालक टेकको ज्यान गएको थियो।
प्रतिक्रिया