आईपीएल – आज दुई खेल हुँदै

काठमाडौं ।  इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछ ।

१६ औं संस्करणको आईपीएलको २२औं खेलमा कोलकत्ता नाईटराईडर्स र मुम्बई इन्डियन्सबीचमा खेल हुँदैछ ।

मुम्बईको घरेलु मैदान वांनखडेमा हुने खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बाट सुरु हुनेछ ।

चार खेल खेलेको कोलकत्ता दुईमा जित सहित पाँचौ स्थानमा रहेको छ । मुम्बईले भने तीन मध्ये एक खेलमा जित निकालेर अंकतालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

कोलकत्ता र मुम्बईबीचको पछिल्लो पाँच खेलमा तीन खेलमा कोलकत्ता र दुई खेलमा मुम्बई विजयी भएका छन् ।

आज नै हुने दोस्रो खेलमा गुजरात टाईटन्स र राजस्थान रोयल्स खेल्दै छन् ।

गुजरातको घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा नेपाली समयअनुसार बेलुका पौने आठमा खेल सुरु हुनेछ।

गुजरात र राजस्थान दुवैको यो पाँचौ खेल हो । अघिल्लो संस्करणमा गुजरातले राजस्थानलाई नै हराउदै उपाधी जितेको थियो ।

गुजरात र राजस्थानबीचको विजेता शीर्ष स्थानमा पुग्ने हुँदा खेल प्रतिस्पर्धात्मक हुने सम्भावना रहेको छ ।

दुई टोलीबीच अहिलेसम्म ३ खेल भएको छ । जसमा गुजरात अपराजित रहेको छ ।

भारतका विभिन्न शहरमा आयोजना हुने आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ ।

एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर