विश्वकपको वार्मअप खेल तालिका सार्वजनिक

काठमाडौं । भारतमा यस वर्ष हुने आइसीसी पुरुष क्रिकेट विश्वकपको वार्मअप खेल तालिका सार्वजनिक भएको छ ।

वार्मअप खेलहरु २९ सेप्टेम्बरबाट ३ अक्टोबरसम्म संचालन हुनेछ ।

वार्मअप खेल विश्वकपमा सहभागी हुने १० टिमले विश्वकपको अगाडी आधिकारी अभ्यास खेल खेल्नेछन् ।

विश्वकपमा सहभागी हुने प्रत्येक देशले ५० ओभरका समान २/२ अभ्यास खेल खेल्नेछन् । अभ्यास खेलहरु भारतका विभिन्न तीन शहरमा हुनेछन् ।

गुवाहटी, हैदरावाद र तिरुवनन्तपुरममा विश्वकपका वार्मअप खेलहरु हुनेछन् । विश्वकप अघि सहभागी टोलीहरुलाई तयारीको यो अन्तिम अवसर हो ।

अभ्यासको पहिलो दिन बंगलादेशले गुवाहटीमा श्रीलंकाको सामना गर्नेछ । सोहि दिननै दक्षिण अफ्रिकाले तिरुवनन्तपुरममा अफगानिस्तानको सामना गर्नेछ ।

न्युजिल्यान्डले हैदरावादमा पाकिस्तानको सामना गर्नेछ ।

आयोजक भारतले अर्को दिन गुवाहाटीमा साविक विजेता इंग्ल्याण्डसँग खेल्नेछ । पाँच पटकको विजेता अस्ट्रेलियाले सोही दिन तिरुवनन्तपुरममा नेदरल्याण्ड्ससँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर