बस दुर्घटना अपडेट : मृतक ७ जनाको सनाखत ६ भारतीय र एक नेपाली

काठमाडौं ।  बारा र मकवानपुर जिल्लाको सिमानामा रहेको चुरियामाई मन्दिरनजिकै तीर्थयात्री बोकेको बस दुर्घटनामा परी मृत्यु भएका ७ जनाको सनाखत भएको छ। मृत्यु भएकामध्ये ६ जना भारत राजस्थानका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेहरुमा भारत राजस्थान बस्ने ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुर्वेदी, ६५ वर्षीय श्रीकान्त चतुर्वेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मीरादेवी र महोत्तरी लोहारपटी नगरपालिका ५ बस्ने ४१ वर्षीय विजय लाल पण्डित छन्।

काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा बुधबार राति करिब १ बजे दुर्घटना भएको हो। चालकसहित २७ यात्रु सवार बस चुरियामाई मन्दिर नजिकैबाट करिब १०० मिटर दक्षिणतर्फको खोलामा खसेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर