बालेनलाई एक मौका स्पष्टीकरणको अन्यथा पचासहजार जरिवाना ?

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) सहित ३ जनालाई कारवाही गर्ने भएको छ । प्राधिकरणले सोधेको स्पष्टीकरणको जवाफ नदिएपछि क्यानले कारवाही गर्ने तयारी गरेको हो ।

प्राधिकरणले आफ्नो स्वामित्वमा रहेको जग्गामा लगाइएको तारबार महानगरका प्रहरीसहितको टोलीले काटेको भन्दै महानगरका मेयर साह, नगर प्रहरी प्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नं.९ का अध्यक्ष रामजी भण्डारीलाई गत असार १ गते स्पष्टीकरण सोधेको थियो ।

प्रधिकरणको स्पष्टीकरण सोध्ने निर्णयविरुद्ध उनीहरू उच्च अदालत पाटन पुगेका थिए । तर बालेनले प्राधिकरणविरुद्ध हालेको रिट उच्च अदालतले खारेज गरिदिएको थियो । साथै उच्च अदालतले स्पष्टीकरण पेश नगरे कारवाही हुने समेत उल्लेख गरेको थियो ।

त्यसैलाई आधार बनाएर प्रधिकरणले आज महानगर प्रमुख साहले स्पष्टीकरणको जवाफ पेश गर्नुपर्ने निर्णय गरेको छ । अन्यथा उनलाई नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ (१) बमोजिम ५० हजार रुपैयाँसम्मको जरिवाना हुने प्रधिकरणले चेतावनी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर