रियलले काडिजलाई २-० ले हरायो

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ ।

शनिबार राति भएको खेलमा रियलले काडिजलाई २-० गोल अन्तरले हराएको हो ।

रियलको जितमा नाचो र मार्को एसेन्सियोले एक एक गोल गरे ।

खेलको ७२ औं मिनेटमा नाचोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७६ औं मिनेटमा एसेन्सियोले गोल गर्दा रियल २-० ले विजयी भयो ।

जितपछि रियलले २९ खेलमा ६२ अंक जोडेको छ ।

रियल दोस्रो स्थानमा रहेको छ ।

काडिज ३१ अंक जोडेर १५ औं स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर