भारतका लागि चन्दामामा टुर हैं : मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चन्द्रयान ३ सफलतापूर्वक ल्यान्ड भएपछि सबैलाई बधाई दिएका छन् ।​ चन्द्रयान ३ चन्द्रमामा सफलतापूर्वक ल्यान्ड गरेसँगै उनले एक सम्बोधन गर्दै सम्पूर्ण देशवासी, वैज्ञानिकलगायत सबैलाई बधाई दिएका हुन् । ‘भारत अब चन्द्रमामा छ’ मोदीले सम्बोधनमा भने । उनी अहिले दक्षिण अफ्रिकामा छन् ।

उनले एक प्रसंगमा भने, “पहिले भारतमा भन्ने गर्थे चन्दामामा दूर हैं । अब त्यो कथन बदलिएर चन्दामामा टुर हैं हुनसक्छ ।” चन्द्रयान–३ को सफल अवतरणबाट भारत र उसका छिमेकी मात्र नभएर सार विश्व र मानवताका लागि कल्याणकारी हुने मोदीको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर