सरकारले २३ क्विन्टल सुन बाहिर पठायोः सांसद बास्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारले २३ क्विन्टल सुन बाहिर पठाएको सूचना आफूसँग रहेको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको बुध बारको बैठकमा सांसद बास्कोटाले भने, ‘यसबीचमा हामीले प्राप्त गरेका सूचना अनुसार करिव २३ क्विन्टल सुन रातारात बाहिर पठाइयो । र, एक क्वीन्टर सुन समातियो । ६० केजी भयो क्यारे जोख्दा । यो फगत नौटंकी थियो वा खासकारणले समातियो ? यसको पनि पर्दा खुल्दै जाला । अब हामी एउटा आयोग बनाउने कुरा गरिसकेपछि त्यसको प्रतिक्षमा छौं । र, त्यसका तथ्यहरुलाई हामी स्वीकार गर्दछौं । हिजोसम्म पनि र अहिले पनि केही सत्तारुढ दलका साथीहरुले प्रश्न उठाउनु भयो । लोकतन्त्रमा प्रतिपक्षको आवाज दमन गर्न खोजेपछि भकुण्डोजस्तो उफ्रनुपर्ने स्थिति बन्यो । आज ठिक ठाउँमा आइपुगेको छ । सबैलाई बधाई भन्छु, धन्यवाद भन्छु । यहाँ त आउनुपर्दो रहेछ । म एउटा चुनौति पनि दिन चाहन्छु । सत्तापक्षले रुखको टुप्पोको पातमा बसेर, हाँगामा बसेर पात हल्लाउने कुरा नगर्नुस् । तपाईहरुलाई सुझाव छ–स्टन्टबाजी होइन, गहिरो जरासम्म पुग्ने तागत राख्नुस् । आँट गर्नुस् । जे सत्य हो, त्यो कुरा बाहिर आउँछ । एक हजार कुतर्कको काम छैन । एउटा तथ्यले सम्पूर्ण कुराको छिनोफोनो गर्दछ । यो आजको समाज हो । र यसमा स्टन्टबाजीको काम छैन । फलानो नेता, फलानो दिन, विपक्ष दलका नेता जेल जान्छ । के हेरेर बस्नुभएको छ ? लैजानुस समातेर । पाता फर्काएर लैजानु न । हामीले रोकेको छ ? हामीले त्यही मागेको हो । कि जे चिज साँचो हो । त्यही कुरा ल्याउनुस् । लल्कार्ने, तर्साउने यो त गजब भयो । यत्रो जलहरीदेखि ३३ किलोको हल्ला किन रहेछ ? किन उठाइराखेको रहेछ भन्दाखेरी देखियो । यसो हेरेको पूर्व देखाएर पश्चिम हान्ने एउटा तरिका छ नि । अर्काको ढाडमा टेकेर त्यसैको टाउकोमा हान्ने रहेछ नि । कुरा ठूला के देखिन्छ भने कहिले कोसित टाँसिएर, कहिले को सित साटिएर ओभर नाईट सत्ता परिवर्तन गर्नेले जनताको विश्वासको जगमा उभिएको पार्टीका नेतालाई अपमान गर्ने दुःसाहस चाहीँ नहोस् । म चुनौति र चेनावनी दुई वटै दिन चाहन्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर