नेपालले कुवेतलाई हरायो

काठमाडौं ।  मलेसियामा जारी चारदेशीय टी-ट्वान्टी सिरिजअन्तर्गत नेपालले लगातार दोस्रो जित हात पारेको छ ।

बुधबार भएको खेलमा कुवेतलाई ३४ रनले पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको हो । यसअघि मंगलबार नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो ।

बुधबार नेपालले दिएको ९० रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५५ रनमात्र बनाउन सक्यो ।

कुवेतका लागि जिफा जिलानीले ११ रन जोडिन् । नेपालका लागि इन्दु वर्माले ३ विकेट, खुसी डंगोल २ तथा सीता राना मगर, इश्वरी विष्ट र कविता कुँवरले एक-एक विकेट लिए ।

यसअघि बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८९ रन बनायो ।

नेपालका लागि इन्दु वर्माले सर्वाधिक २३ रन बनाइन् । बिन्दु रावलले २० रनको योगदान गरिन् । काजल श्रेष्ठले १७ रन जोडिन् ।

कुवेतका लागि मारिअम्मा हैदरले ४ तथा मरयम ओमारले २ विकेट हात पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर