अनियन्त्रित भैंसीमाथि डार्टगन प्रयोग

काठमाडौँ । काठमाडौँको बुद्धनगरमा स्थानीयलाई त्रसित बनाएको भैँसी अचेत भएको छ । डिभिजन वन कार्यालयको टोलीले ‘डार्ट गन’ प्रयोग गरेपछि भैँसी अचेत भएको हो ।

ज्ञान निकेतन स्कुलभित्र पसेको लठ्ठीएर अचेत भएपछि काठमाडौँ महानगरको टोलीले उठाउने तयारी गरेको छ । भैँसीको दाहिने सिङ भाँचिएको छ । कसैले मार हान्न खोजेको अवस्थामा सो भैँसी भागेको हुनसक्ने अनुमान छ ।

बुद्धनगर र शंखमूल क्षेत्रमा बिहान अनियन्त्रित अवस्थामा हिँडेको भैँसीले आक्रमण गर्न सक्ने डरले स्थानीय आतंकित थिए । उक्त भैँसी गल्लीगल्ली चहार्दै ज्ञान निकेतन स्कुलभित्र प्रवेश गरेर ग्यारेजमा बसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर