मौसम : तीन दिन अझै झरी लम्बिने सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकासहित देशैभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशभर बुधबार बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसमविज्ञान विभागले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले देशैभर वर्षा भएको हो । यो क्रम अझै तीन दिनसम्म चल्ने मौसमविद्को भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार न्यूनचापीय प्रणाली उत्तरतर्फ सरेकाले आगामी तीन दिन नै हल्कादेखि मध्ययम वर्षा हुनेछ । उनले भने, “मनसुनी रेखा सरदरभन्दा उत्तरतर्फ सरेकाले बिहानदेखि देशैभर वर्षा भइरहेको । यो क्रम आगामी तीन दिनसम्म नै रहने देखिन्छ ।”

केहीबेर पानी पर्न रोकिएपनि पछि पुनः पानी पर्ने सम्भावना रहेको उनी बताउँछन् । वर्षा जारी रहँँदा आकस्मिक बाढी आउन सक्ने भएकाले नदी, खोला छेउछाउ बस्ने मानिसले आवश्यक सतर्कता अपनाउन मौसमविद् अधिकारीको आग्रह छ । राति भने सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर