बाबरको शतकमा पाकिस्तानको सहज जित

काठमाडौं । कप्तान बाबर अजामको सानदार शतकको सहयोगमा घरेलु टोली पाकिस्तानले न्युजिल्यान्डमाथी दोस्रो टी-ट्वान्टी खेलमा पराजित गरेको छ ।

पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको पाहुना टोलीले दोस्रो खेलमा ३८ रनको हार व्यहोरेको हो ।

पाकिस्तानको लाहोरमा शनिबार राती भएको दोस्रो खेलमा जित हात पारेसँगै घरेलु टोलीले पाँच खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।

घरेलु टोलीले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको पाहुना टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५४ रन मात्र बनायो ।

पाहुना टोलीका लागि मार्क च्यापम्यानले ४० बलमा ४ चौका र ४ छक्काको सहयोगमा अविजित ६५ अर्धशतकीय ईनिङ खेले ।

ओपनर चाड बोवेसले २४ बलमा २६ तथा कप्तान टम लाथमले १९ रन बनाए ।

घरेलु टोलीका लागि हरिस रउफले ४ ओभरमा २७ रन खर्चिएर ४ विकेट लिए ।

इमाद वासिम,सादब खान,जमान खानले समान १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो ।

घरेलु टोलीका लागि ओपनर तथा कप्तान बाबर अजामले ५८ बलमा ११ चौका र ३ छक्काको सहयोगमा अविजित १ सय १ रनको शतकीय ईनिङ खेले ।

कप्तान बाबरको टी-ट्वान्टी अन्तराष्ट्रियमा तेस्रो शतक हो ।

विकेटकिपर समेत रहेका अर्का ओपनर ब्याटर मोहम्मद रिजवानले ३४ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले ।

कप्तान बाबर र रिजवानले पहिलो विकेटका लागि ६४ बलमा ९९ रनको साझेदारी गरेका थिए ।

इफ्तिखार अहमद १९ बलमा ३३ रन बनाउँदै अविजित रहे ।

पाहुना टोलका लागि म्याट हेनरीले २ तथा जेम्स निसम र रचिन रविन्द्रले समान १-१ विकेट लिए ।

दुई राष्ट्रबीचको तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रिय खेल सोमबार हुनेछ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर