अल नासर च्याम्पियन्स लिगमा छनोट

काठमाडौं । अन्तिम ९ मिनेटमा अप्रत्यासित पुनरागमन गर्दै साउदी क्लब अल नासरले एसियाली च्याम्पियन्स लिगको प्लेअफमा शबाब अल अहलीलाई पराजित गरेको छ । मंगलबार राती भएको प्लेअफ खेलमा नासर ४-२ ले विजयी भएको हो । अल नासर तीन वर्षमा पहिलो पटक एएफसी च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश गरेको हो ।

अल–नासरको जितमा एन्डरसन टालिस्काले दुई गोल गरेका थिए । सुल्तान अल–घानाम र मार्सेलो ब्रोजोभिचले समान १/१ गोल गरे । पराजित शबाब अल अहलीका लागि याह्या अल घासानीले दुई गोल गरेका थिए । खेलको ११ औं मिनेटमा अल नासरका टालिस्काले ब्रोजोभिचको आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । तर, १८ औं मिनेटमा अल घासानीले अल अहलीका लागि गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफको पहिलो मिनेटमा गोल गर्दै अल अहलीले खेलमा अग्रता लिएको थियो । सुल्तान अल घानमले ८८औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । ईन्जुरी समयको छैटौं मिनेटमा टास्लिकाले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरलाई अग्रता दिलाए । ईन्जुरी समयको अन्तिम समयमा मार्सेलो ब्रोजोभिचले गोल गर्दै एएफसी च्याम्पियन्स लिगमा आफ्नो टोलीको स्थान पक्का गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर