प्रतिनिधिसभाको बैठक बस्दै, एमालेले अवरोध नगर्ने

काठमाडाैँ । प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ । लामो समयदेखि प्रतिनिधि बैठकमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा एमालेले आजको बैठकमा भने अवरोध नगर्ने जनाएको छ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुको सोमबार साँझ बसेको बैठकले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने सहमति गरेका थिए।

सो बैठकमा अब निर्धारित समयमै संसद् बैठक बस्ने सहमति पनि भएको थियो । सोही बमोजिम आज दिउँसो बस्ने प्रतिनिधि सभाको बैठकमा अवरोध नगर्ने एमालेले जनाएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले साउन १० गतेदेखि प्रतिनिधि सभाको बैठक अवरोध गर्दै आएको  छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर