टोटेनहम पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम पराजित भएको छ ।

शनिबार राति भएको खेलमा टोटेनहमलाई बर्नेमाउथले ३-२ गोल अन्तरले हराएको हो ।

बर्नेमाउथको जितमा माटियस भिना, डोमिनिक सोलान्के र डान्गो ओटाराले एक एक गोल गरे ।

टोटेनहमका सन ह्युङ मिन र अर्नुट डान्जुमाले एक एक गोल फर्काए ।

जितसँगै बर्नेमाउथले ३१ खेलमा ३३ अंक जोडेको छ ।

बर्नेमाउथ १४ औं स्थानमा रहेको छ ।

पाँचौं स्थानको टोटेनहमले ३१ खेलमा ५३ अंक जोडेको छ ।

अर्को खेलमा उल्भ्सले ब्रेन्टफोर्डलाई २-० ले हराएको छ ।

क्रिस्टल प्यालेसले साउथह्याम्पटनलाई २-० र फुलहमले एभर्टनलाई ३-१ ले हराएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर