प्रतिनिधिसभाको बैठक भोलिमात्रै बस्ने

काठमाडौं । प्रतिनिधिसभाको आज मंगलबारका लागि निर्धारित बैठक सूचना टाँसेर भोलि बुधबार भदौ ६ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको बैठक बस्न नसकेपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

एमालेले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान राख्दै आएको छ । दलहरु समिति गठन गर्न सहमत भए पनि समितिको संरचना र कार्यक्षेत्र टुंगिन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर