मंगलबार दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से १७.६९ अंकले बढेर दुई हजार १५ दशमलब ९८ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज एक अर्ब ३३ करोड २५ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १८१ कम्पनीको शेयरमूल्य बढेको छ भने ४२ कम्पनीकोे शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार कुथेली बुखेरी स्मल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ५७९.५० रुपैयाँ पुगेको छ ।

आज लक्ष्मी लक्ष्मी लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था र आइसिएफसी फाइनान्स डिभेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ४ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी कुमारी बैंकको प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज २८ करोड ५९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर