एमाले सहभागी नभएपछि राष्ट्रपतिले आह्वान गरेको सर्वदलीय बैठक विवादास्पद

काठमाडौं । राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी भएन । राष्ट्रपतिले बोलाएको बैठकमा एमाले सहभागी नजाने एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले बताए । “‘हिजो हामी प्रधानमन्त्रीले बोलाउनुभएको बैठक ४ बजेदेखि कुरिरहेका थियौं । राति ८ बजेदेखि बल्ल सर्वदलीय बैठकमा जुट्यौं । साढे १० बजेपछि बल्ल बैठक सक्यौं । सदनको अवरोध हटाउन प्रधानमन्त्रीले प्रयास गरेर हामी निरन्तर बैठकमा बस्दै आएका हौं”, नेम्बाङले भने । अझै विषय टुंगिन बाँकी भएकोले आज मंगलबार दिउँसो २ बजे फेरि शीर्ष नेता बस्दैछौं । प्रधानमन्त्रीले एकातिर छलफल गरिरहनुभएको छ । यस्तो बेला राष्ट्रपतिकोमा किन बैठक ? राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री हो ? अनि उहाँले नै छलफल गर्दा राष्ट्रपतिले किन अर्को छलफल बोलाउनुभयो ? हाम्रो अध्यक्षले राष्ट्रपतिलाई तपाइँले सल्लाह दिनुभएको हो भन्ने प्रश्न गर्नुभएको छ । यसैले हाम्रो अध्यक्ष, म र सचेतकहरू राष्ट्रपतिको बोलाएको बैठकमा खबर पनि छैन जाँदा पनि जाँदैनौं ।’

म सक्रिय हुन खोजेको होइन : राष्ट्रपति पौडेल

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठकमा आफू कुनै सक्रिय हुन खोजेको नभई राष्ट्रप्रतिको चिन्ताले दलहरूसँग छलफल गरेको बताए । ‘मैले एक्टिभिजम (सक्रियता) देखाउन खोजेको होइन । म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ । त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो । विभिन्न कारणले तपाइँहरू सबैसँग भेट पनि हुन सकेको थिएन । सबैसँग भेटेर राष्ट्रको चिन्ता गरौँ भन्ने पनि थियो,’ उनले भने ।
राष्ट्रपतिको शुभेच्छा सकारात्मक :  प्रधानमन्त्री

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने, ‘संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु होस् र यसमा राजनीतिक दलहरूको बिचमा समझदारी बनोस् भन्ने राष्ट्रपतिज्यूको शुभेच्छा अत्यन्तै सकारात्मक छ । यसमा कसैले विमति राख्नुपर्ने कारण छैन । हामी निरन्तर छलफलमा छौँ । संसद् सुचारु गर्ने सहमतिको करिब करिब नजिक पुगेका छौँ । राष्ट्रपतिको शुभेच्छाप्रति आभार व्यक्त गर्दछु ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर