दाङमा अपहरण गरी बन्धक बनाएको आरोपमा सातजना पक्राउ

काठमाडौं । दाङमा एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएको आरोपमा सात जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका(१३ डुम्मरगाउँका ४१ वर्षीय जितबहादुर विकलाई उपहरण गरेको आरोपमा ३२ वर्षीय दीपक सुनार, २४ वर्षीय हिरा सुनार, २३ वर्षीय जीवन सुनार, २० वर्षीय मनोज घर्तीमगर, ३४ वर्षीय खिमबहादुर घर्तीमगर पक्राउ परेका हुन् । अन्य दुई जना भने १३ वर्षीय बालक रहेका छन् ।

विकलाई आइतबार राति साढे १० बजे उनीहरुले अपहरण गरी रिक्सामा राखेर घोराही(१९ थप्ली डाँडामा लगि निर्घात कुटपिट गरेका थिए ।उनीहरुले व्यक्तिगत रिसइभीका कारण कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते भएका विकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर