आर्सनलको लगातार दोस्रो जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग (इपीएल) मा आर्सनलले लगातार दोस्रो जित निकालेको छ ।

सोमबार राति सम्पन्न एक मात्र खेलमा आर्सनलले क्रिस्टल प्यालेस लाई १-० ले पराजित गरेको छ ।

आर्सनलको लागि कप्तान मार्टिन ओडेगार्डले खेलको एकमात्र गोल गरेका थिए ।

ओडेगार्डले खेलको ५४ औं मिनेटमा पेनाल्टी मार्फत निर्णायक गोल गरे ।

जितसँगै आर्सनलले दुई खेलमा दुई जित सहित छ अंक जोडेको छ ।

दुई खेलमा एक जित र एक हार सहित क्रिस्टल प्यालेसले तीन अंक बटुलेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर