बढ्यो सुनको मूल्य

काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुन दुई सय र चाँदी २५ रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला एक लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज मंगलबार दुई सय रुपैयाँले बढेर एक लाख ११ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर