स्थानीय तहको उप–निर्वाचनसम्बन्धमा छलफल

काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच भेटवार्ता भएको छ । भेटमा निर्वाचनसम्बन्धी आवश्यक कानुनबारे छलफल भएको  छ । उ नीहरुबीच प्रदेश र स्थानीय तहमा रिक्त भएका स्थानमा उपनिर्वाचन गर्ने विषयमा पनि छलफल भएको थियो ।

हाल प्रदेशसभातर्फ सुदूरपश्चिम प्रदेशको बझाङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेशसभा ‘क’ रिक्त छ भने यस्तै विभिन्न स्थानीय तहमा १८ पद रिक्त छन् । हाल कैलाली जिल्ला समन्वय समिति प्रमुखको स्थान रिक्त छ भने दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, दोलखा गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष र विभिन्न स्थानका १५ जना वडाध्यक्षको पद रिक्त छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर