सिआइबीद्वारा तीन पूर्वमन्त्री फरार भन्दै सरकारी वकिलसमक्ष प्रतिवेदन पेश

काठमाडौं ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान फाइल सोमबार सरकारी वकिलकहाँ बुझाएको छ। सिआइबीका एसएसपी दिनेश आचार्यले तीनजना पूर्वभूमिसुधार मन्त्रीहरुलाई समेत प्रतिवादी बनाउँदै अनुसन्धानको फाइल सरकारी वकिलकहाँ बुझाइएको जानकारी दिए।

सिआइबीले पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई फरार सूचीमा राख्दै प्रतिवेदन बुझाएको छ। यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यी मन्त्रीहरुविरुद्ध मुद्दा चलाएको थियो। तर त्यसबेला यी सबैजना धरौटी बुझाएर रिहा भइसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर