माओवादी नेता वर्षमान पुनकी आमा गोली लागेर घाइते

काठमाडौँ । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमालाई गोली लागेको छ । शुक्रबार राति साढे ९ बजे नेता पुनको दाइको घरमा पेस्तोल पड्किँदा ७४ वर्षीय तीर्थमाली पुनमगरको खुट्टामा गोली लागेको छ ।

उनीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पछुवा सुरक्षामा खटिएका सहायक हवल्दार प्रकाश पुनमगरले बोकेको पेस्तोल पड्किँदा पूर्वमन्त्री पुनकी आमा घाइते भएकी हुन् ।

राति १ बजे सूचना प्राप्त भएलगत्तै प्रहरीले गोली चलाउने प्रहरी हवल्दार मगरलाई नियन्त्रणमा लिएको छ । उनलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा राखिएको छ । स्रोतका अनुसार उनी नेता पुनका नातेदारसमेत हुन् । नातामा तीर्थमाली उनको हजुरआमा हुन् । रोल्पामा उनीहरु छिमेकी समेत भएको पुन निकट स्रोतले जनाएको छ ।

गोली किन चल्यो खुलिनसकेको र अनुसन्धान जारी रहेको स्रोतको भनाइ छ । असावधानीवश गोली पड्केको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । नयाँ वर्ष मनाउने भन्दै प्रकाश पुन शुक्रबार गैरीधारामा रहेको तीर्थमाया बस्ने घरमा गएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर