बाढीले बगाएको बैंकको डेढ करोड रकम भेटियो

काठमाडौं । गत आइतबार आएको बाढीले खण्डहर बनाएको कागबेनी क्षेत्रमा डेढ करोडभन्दा बढी नगद भेटिएको छ। यो रकम प्रभु र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको हो। गेग्रान खोतल्ने क्रममा सेना, प्रहरी र स्थानीयबासीसमेतको समूहले प्रभु बैंकको ५१ लाख ६२ हजार र इन्भेष्टमेण्ट बैंकको १ करोड ५ लाख भेटिएको हो। बाढीले प्रभु बैंकको भवन बाढीले बगाएको थियो। भग्नावशेष खोतल्ने क्रममा बैंकको लकर फेला परेको छ र लकरभित्र नगद भेटिएको छ।

बाढीले इन्भेष्टमेण्ट मेगा बैंकमा पनि क्षति पुर्‍याएको थियो। बाढीले थुपारेको गेग्रान पन्छाउने क्रममा सो बैंकको १ करोड ५ लाख फेला परेको इलाका प्रहरी कार्यालय कागबेनीले बताएको छ। सुरक्षित रहेको रकम दुवै बैंकले लगिसकेका छन्। अहिले तीनवटै सुरक्षा निकाय र स्थानीय संघसंस्था मिलेर भग्नावशेष पन्छाउने र गेग्रान सफा गर्ने काम गरिरहेका  छन् भने जनजीवन सामान्य अवस्थामा फर्किसकेको छ।  खानेपानी र विद्युत आपूर्तिसमेत नियमित भइसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर