अवैध हतियारसहित दुईजना पक्राउ

काठमाडौं । सर्लाहीमा हतियारसहित २ जना पक्राउ परेका छन् । हरिपुर्वा नगरपालिका-६ का २३ वर्षीय जीवन राय यादव र २० वर्षीय प्रकाश यादव पक्राउ परेका हुन् ।

जिल्लाको पर्सा गाउँपालिका-६ मा सशस्त्रको बोर्डर आउट पोस्ट संग्रामपुरले शनिबार राति भारतबाट नेपाल आउँदै गरेका यादवद्वय सवार बिआर १९ जीए ४१४१ नम्बरको मोटरसाइकल चेक गर्ने क्रममा हतियार भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी कैलाश राईले जानकारी दिए ।

उनीहरूको साथबाट प्रहरीले भारतीय बैंकको एटीएम कार्डसहित नगद ११ हजार ६८० रुपैयाँ, ७.६५ एमएमको पेस्तोल एक थान सोको म्याग्जिन एक थानसहित १५ राउन्ड गोली र १.८ एमएमको एक थान कटुवा पेस्तोल र सोको ५ राउन्ड गोली बरामद गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर