काठमाडौँ महानगरविरुद्ध सडक व्यापारी आन्दोलनमा

काठमाडौं  । काठमाडौं  महानगरपालिकाले सडक व्यापारीहरुलाई विस्थापन गर्न खोजेको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । सडक व्यापार गर्ने साना व्यवसायीले महानगरपालिकाको कदमबिरुद्ध आइतबार काठमाडौँमा भेला भई प्रदर्शन गरेका हुन् ।

काठमाडौँ महानगरले जबरजस्ती विस्थापन गर्न खोजेको भन्दै साइकल, ठेलागाडा, फुटपाथमा व्यवसाय गर्ने व्यवसायी र केही सर्वसाधारण आन्दोलनमा उत्रिएका छन् । व्यवसायीको आन्दोलनमा सहभागी कानून व्यवसायी सुविन मुल्मीले काठमाडौं महानगरले सडक व्यापारीहरुलाई गरिखान नदिएको बताए । व्यवसायीहरुले शहर सबैका लागि की धनीका लागि मात्रै ? गरी खान देउ लगायतका नारा लगाएर आन्दोलन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर