विश्वकपको मस्कट सार्वजनिक

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आगामी विश्वकप क्रिकेट २०२३ को मस्टक जारी गरेको छ । आईसीसीले भारतको गुरुग्राममा एक कार्यक्रमको आयोजना गर्दै मस्कट सार्वजनिक गरेको हो ।

आईसीसीले जारी गरेको मस्टक युवा पीढीलाई लक्षित गरी बनाइएको छ । यो मस्टक पुरुष र महिला दुवै विश्वकपको लागि बनाइएको हो ।

टाढा टाढा राष्ट्रबाट आउने यो जोडीमा विस्फोटक उर्जा र मनोरञ्जनको मिश्रण गरिएको छ । जुन सम्पूर्ण प्रशंसकको लागि अनुभव बढाउनको लागि सहयोगी हुने र आइसीसीको आयोजनालाई जीवन्त माहोल बढाउनको लागि योगदान दिने छ ।

यसको अलावा विजुलीको गतिमा आगोको गोला फ्याक्ने टर्बो–सञ्चालित भूजाका साथ महिला चरित्र शाहसी ब्याट्सम्यानलाई आश्चर्यचकित गर्नेछ । महिला चरित्रको लागि ६ पावर क्रिकेट आभूषणको एक बेल्टमा सजिएको छ ।

आइसीसीका इभेन्ट प्रमुख क्रिस टेटलीले आइसीसी पुरुष क्रिकेट विश्वकप २०२३ भन्दा पहिले आइसीसीको मस्टक लन्च गर्न पाउँदा खुशी व्यक्त गरे । मस्कट गतिशिल विश्वको लैङ्गिक समानताको महत्वपूर्ण भूमिको प्रतिक भएको बताए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर