सेयर बजार २१ अङ्कले घट्यो, १ अर्ब ४४ करोड बराबरको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार २१.९ अङ्कले घटेको छ। उक्त अङ्कको गिरावटले नेप्से परिसूचक २०११ अंकमा कायम भएको छ। कूल १ अर्ब ४४ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार हुँदा २९ कम्पनीको मूल्य बढेको छ भने १९० कम्पनीको मूल्य घटेको छ।

आइतबारको कारोबार सकिँदा सबै उपसमूहमा गिरावट आएको छ। सबैभन्दा धेरै निर्जीवन बीमा १७२ अङ्कले घटेको छ। त्यस्तै, बैंकिङ ३, विकास बैंक ३५, फाइनान्स ११, होटल तथा पर्यटन १०६, जलविद्युत् ५०, जीवन बीमा १३४, उत्पादन ८८, अन्य २३ र व्यापार उपसमूह ३६ अङ्कले घटेका छन्। आइतबार धेरै कमाउनेमा फरवार्ड माइक्रोफाइनान्स र आरएसडीसी रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर