रुसले युक्रेनमा गरेको पछिल्लो मिसाइल आक्रमणमा ७ जनाको मृत्यु

काठमाडौं । रुसले युक्रेनमा गरेको पछिल्लो मिसाइल आक्रमणमा ७ जनाको मृत्यु भएको छ ।

बेलारुसको सीमा नजिक रहेको युक्रेनको उत्तरी क्षेत्र चेर्निहाइभ शहरमा धार्मिक सभा मनाइरहेकाहरुमाथि लक्षित गरी गरिएको मिसाइल आक्रमणमा ६ वर्षिय एक बालक सहित ७ जनाको मृत्यु भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त घटनामा १ सय ४४ जना घाइते भएका छन् । घाइते मध्ये १५ जना बालबालिका सहित अधिकांश सुरक्षाकर्मी रहेका छन् । आक्रमणले एक विश्वविद्यालयमा पनि क्षति पुगेको छ ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोडिमीर जेलेन्स्कीले मिसाइल आक्रमणबाट युक्रेनमा भएको क्षति सहितको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै घटनाप्रति दुख ब्यक्त गर्नुभएको छ ।

रुसले पछिल्लो समय युक्रेनमा सर्वसाधारण लक्षित आक्रमण तीब्र बनाएको छ । एजेन्सी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर