इन्टर मियामीले लिग्स कप २०२३ को उपाधि जित्याे

काठमाडौं । लिओनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले लिग्स कप २०२३ को उपाधि जितेको छ ।

शनिबार सम्पन्न फाइनलमा नाशभिल एफसीलाई सडन डेथमा पराजित गर्दै इन्टर मियामीले इतिहासकै पहिलो उपाधि जितेको हो ।

निर्धारित समयको खेल १(१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा पनि खेल बराबरी भए पछि खेलको निर्णय सडन डेथबाट लिईएको थियो ।

निर्धारित समयको २३ औं मिनेटमा मेस्सीले उत्कृष्ट गोल गर्दै मायमीलाई उपाधितर्फ लम्काएका थिए ।

तर, नाशभिलका लागि ५७ औं मिनेटमा फाफा पिकाल्टले बराबरी गोल फर्काए ।

सन् २०२० मा स्थापित इन्टर मियामीको इतिहासकै पहिलो उपाधि हो ।एजेन्सी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर