घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । शुक्रबारको तुलनामा आइतबार सुन एक सय रुपैयाँले घटेको हो ।

शुक्रबार प्रतितोला एक लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज आइतबार एक सय रुपैयाँले घटेर एक लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज स्थिर रहेर प्रतितोला १ हजार ३९० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर